भोजपुरलाई क्लिनस्वीप गर्ने संकल्पसाथ एमाले एकढिक्का भएर लाग्छ : शरण राई – Nepal Press

भोजपुरलाई क्लिनस्वीप गर्ने संकल्पसाथ एमाले एकढिक्का भएर लाग्छ : शरण राई

काठमाडौं । नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले पार्टीमा सबै एकढिक्का भएर जान सकेमात्र विपक्षीलाई घुँडा टेकाउन सकिने बताएका छन् ।

एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा बोल्दै उनले एकले अर्काको आलोचना गरेर पार्टी नबन्ने बताए । ‘चाकडी गर्ने नेताको फेसबुकमा पोष्ट गर्ने, मन नपर्नेको आलोचना गर्ने प्रवृत्ति रोक्नुपर्छ’, राईले भने ।

सांगठनिक र शुद्धीकरण अभियानमार्फत् ८४ को चुनावमा भोजपुरलाई पुनः लालकिल्ला बनाउने उनको संकल्प छ ।

‘संघ, प्रदेश, स्थानीय सबैमा जित्न एकढिक्का भएर लाग्ने प्रण गरेर जानुपर्छ । नेतृत्वले पनि वैचारिकरूपमा खार्दै समान रूपले कार्यकर्तालाई ड्राइभ गरेर साझा नेता बन्न सक्नुपर्छ’, अध्यक्ष राईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर