टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ : सचेतक बर्तौला (भिडिओ) – Nepal Press

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ : सचेतक बर्तौला (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकहरुले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए ।

उनले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटो भन्दा छिटो पीडितमैत्री कानून बनाइ पारित गर्न आवश्यक रहेको बताए । उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको बताए ।

‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । हामीले पनि यो बीचमा छलफलका क्रममा उठाएका महत्वपूर्ण विषयहरुमा कसरी अघि जाने भन्नेकुरामा सभापतिले फिनिसिङ कसरी आउँछ भन्नेकुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुंगिने वा प्रक्रियाबाट, समय लिने भन्नेकुरा हुन्छ’, उनले भने, ‘यो महत्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो, छिटो गुर्नपर्छ भन्नेमा सबैको सहमति छ । समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले फिनिसिङ गरेर गयो भने समितिको मात्रै वर्नरसिपको कुरा हुँदैन । सबैले वर्नरसिप लिने किसिमको कुरा हो ।’

सचेतक बर्तौलाले सबैले न्याय पाएको महशुस हुनेगरी विधेयक टुंग्याउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर