गगन थापा भन्छन्- काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं (भिडिओ) – Nepal Press

गगन थापा भन्छन्- काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं (भिडिओ)

'संगठनको अनुशासन उल्लंघन कारबाही गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न पर्दैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जनताले सुशासन र डेलिभरीको कुरा खोजिरहेको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै आगामी निर्वाचनको चिन्ता गर्नुभन्दा पनि अहिले सरकारमा हुँदा काम गर्नुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचारीहरु एउटा पनि नउम्कियोस्, ठूला माछाहरु समातियोस्, यसका लागि कानून बनोस्, कानून बदलोस् । ०४६ पछि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेहरुको सम्पत्ति छानबिन होस् । त्यो कानून कांग्रेसको पहलमा बनाउनुपर्नेछ ।’

उनले आफूहरुमा पनि दाग लागेको समस्या देखाएर मात्रै नभएर समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘मजस्तो सांसददेखि जिम्मेवारीमा रहेका सबैले रिपोर्ट देखाउनुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं, अनि काम गरेर देखाऔं । काम गर्न नसक्ने वडाध्यक्षलाई टिकट दिनु हुँदैन । भ्रष्टाचारमा मुछिएको व्यक्ति कांग्रेसले वरिपरि राख्दिनँ भन्न सक्नुपर्छ ।

उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्काशन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर