कांग्रेस नेतृत्वलाई प्रश्न- समानुपातिक पद नेताका श्रीमती र आसेपासेलाई बाँड्न हो ? – Nepal Press

कांग्रेस नेतृत्वलाई प्रश्न- समानुपातिक पद नेताका श्रीमती र आसेपासेलाई बाँड्न हो ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न नेतृत्वलाई सुझाइएको छ ।

बैठकमा पेस भएको प्रतिवेदनमाथि सुझाव दिँदै महासमिति सदस्य विष्णुदेवी पाण्डेले गठबन्धनले संगठन निर्माण नगर्ने बताइन् ।

उनले भनिन्, ‘गठबन्धनले संगठन निर्माण गर्दैन । आवश्यक पनि होइन। समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ ।’

सिन्धुपाल्चोकका महासमिति सदस्य लीला नेपालले समानुपातिक नेताका श्रीमतीलाई बाँड्ने पद हो र भन्दै प्रश्न गरे ।

उनले भने, ‘गठबन्धन न जनता न त देशलाई फाइदा ? बेकार छ । समानुपातिक नेताको श्रीमती र आसेपासेलाई बाड्ने पद हो ?’


प्रतिक्रिया

One thought on “कांग्रेस नेतृत्वलाई प्रश्न- समानुपातिक पद नेताका श्रीमती र आसेपासेलाई बाँड्न हो ?

  1. बाँडने होईन पैसामा बेच्ने हो । रेट तोकेर बेच्छन् काँग्रेस माओवादीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर