देउवाले ‘असहमति’ जनाएको गगनको प्रतिवेदन जस्ताको तस्तै पेस (पूर्णपाठ) – Nepal Press
कांग्रेस महासमिति बैठक

देउवाले ‘असहमति’ जनाएको गगनको प्रतिवेदन जस्ताको तस्तै पेस (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव राखेका छन् । महासमितिको बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै गठबन्धनले पार्टीलाई घाटा लागेको निष्कर्षसहित कांग्रेसका नेता कार्यकर्ताले चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवाले असहमति जनाएका थिए । तर, महामन्त्री थापा आफ्नो अडानबाट पछि नहटेपछि देउवा उक्त प्रतिवेदन महासमिति बैठकमा छलफल गराउन अन्तिम समयमा तयार भएका हुन् ।

एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको उल्लेख गर्दै महामन्त्री थापाले गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।

थापाले प्रस्तावमा भनेका छन्, ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ ।’

उनले थपेका छन्, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

यस्तो छ महामन्त्री थापाको प्रतिवेदनको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर