गोदावरीमा कांग्रेस महासमिति बैठकको चहलपहल (तस्बिरहरू) – Nepal Press

गोदावरीमा कांग्रेस महासमिति बैठकको चहलपहल (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक गोदावरीमा केही समयपछि उद्घाटन हुँदैछ । बैठकस्थलमा चहलपहल सुरू भइसकेको छ ।

प्रतिनिधि साथै शीर्ष नेताहरू गोदावरी पुगिसकेका छन् । कार्यक्रमस्थलमा देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई बैठकस्थलसम्म जान २० वटा नि:शुल्क बसको व्यवस्था गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकस्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । बैठकस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतिनिधिहरू नेतासँग फोटो सेसनमा व्यस्त देखिन्छन् ।

सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गरेपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

बैठक तीन दिनसम्म चल्नेछ । हेर्नुस् बैठकस्थलका केही तस्बिर-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर