एमालेले भन्यो- भ्रष्टाचारमा संलग्न स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर (भिडिओ) – Nepal Press

एमालेले भन्यो- भ्रष्टाचारमा संलग्न स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर (भिडिओ)

काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको छानविनमा रहेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने बताएको छ ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदको जवाफ दिने कार्यक्रम रहेकोमा एमालेले सुरूमै उठेर विरोध जनाएको हो ।

बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको रटान नसुन्ने बताए । उनले स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री सुदन किराती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको बताए ।

किराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर