सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले किन माग्यो रवि लामिछाने र जीबी राईको बैंक खाता विवरण ? – Nepal Press

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले किन माग्यो रवि लामिछाने र जीबी राईको बैंक खाता विवरण ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाताबारे अनुसन्धान थालेको छ ।

विभागले २०८० माघ ८ गते काठमाडौंमा रहेका सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी सोधेको छ । त्यस्तै बैंक खाताको सबै विवरण,बैंक स्टेटमेन्ट,खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण माग गरेको हो । बैंकहरुमा प्राप्त पत्र भर्खरै लिक भएको छ । जसमा लामिछाने र राईमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझका सिलसिलामा खाता विवरण चाहिएको भनिएको छ ।

स्रोतले दुवैजनामाथि उजुरी परेकाले छानविनको प्रारम्भिक चरणमा बैंकहरुबाट खातासम्बन्धी विवरण मागिएको जनाएको छ । कुनै पनि व्यक्तिको बारेमा उजुरी परेपछि यहि प्रक्रियाबाट विवरण माग्ने गरिएको र यो पनि त्यस्तै प्रकृतिको पत्र भएको दावी विभागका एक उच्च अधिकारीको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहेको छ । रवि लामिछानेलाई जीबी राईको सहकारी घोटाला प्रकरणमा मुछ्ने प्रयास भइरहेका बेला प्राप्त उजुरीमाथि छानबिन गर्न यो कदम चालिएको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर