माओवादी केन्द्रको विधान सम्मेलन आजबाट – Nepal Press

माओवादी केन्द्रको विधान सम्मेलन आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुँदै छ । बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनको उद्घाटन हुनेछ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी, जन वर्गीय सङ्गठनका पदाधिकारी गरी १२ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर