मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत – Nepal Press

मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताएका छन् ।

बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए ।

उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उमन्त्री बस्नेतले मानसिक रोगी किन बढीरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए ।

उनले भने ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौति नै भइसकेको मानसिक रोग । बच्चाहरुमा पनि त्यस्तै अवस्था शुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरुलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । सबैसँग सल्लाह र सहकार्य गरेर सेवा बिस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ । मानसिक रोग व्यापक रुपमा संसारभर बढेको छ । नेपालमा कुरा गरी साध्य छैन । हामीले रोगीलाई उपचार गर्ने कुरा एउटा पार्ट भयो । मानसिक रोगी किन बढीरहेका छन् ? भन्नेकुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानून पनि बनाउन जरुरी छ । अहिले संसदमा कानून बनाउने पनि बेला भयो । यसमा कानून नै बनाएर व्यवस्थित गर्नसके लागौँ । सहयोग गर्न तयार छौँ । मानसिक रोगीहरु बढ्नुको कारण पत्ता लगाउन जरुरी छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर