कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात (तस्बिरहरू) – Nepal Press

कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात (तस्बिरहरू)

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ ।

हुम्ला, डोल्पा, मुगु र जुम्लामा गत रातिबाट हिमपात र वर्षा सुरु भएको हो । यी जिल्लाहरूमा हल्का हिमपात र बेसीमा वर्षा भइरहेको छ ।

मुगुको रारा, मुर्मा, चंखेली, बाम, सोभा, घुच्चीलेक, मुन्दु र माथितुम क्षेत्रमा पनि हल्का हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको बताए ।

यस्तै, जुम्लामा पनि आज बिहानैदेखि हिउँ पर्ने थालेको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष भने ढिलो हिउँ पर्ने सुरु भएको हो ।

कर्णालीका हिमाली जिल्लाहरूमा माघ महिनासम्म पनि वर्षा र हिमपात नहुँदा कृषकहरू चिन्तित थिए । यहाँका कृषकहरू हिमपात सुरु भएपछि खुसी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *