तस्बिरमा हेर्नुहोस् धरहराको नि:शुल्क पार्किङस्थल – Nepal Press

तस्बिरमा हेर्नुहोस् धरहराको नि:शुल्क पार्किङस्थल

काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको महानगरले चालकहरूको सहजताका लागि महानगरले धरहरामा पार्किङस्थल उपलब्ध गराएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले करिब १५ सय मोटरसाइकलहरू पार्किङ गर्न सकिने बताए ।

तत्कालका लागि खाली भएको ठाउँलाई सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे ।

साझा समस्याहरू सबै मिलेर समाधान गर्नुपर्ने र त्यसका लागि धरहरा निर्माण कम्पनीले पनि सहयोग गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *