बागमतीमा भोट हाल्न आएका सांसद र प्रमुख-उपप्रमुखलाई ‘ग्रिन कार्पेट’ – Nepal Press

बागमतीमा भोट हाल्न आएका सांसद र प्रमुख-उपप्रमुखलाई ‘ग्रिन कार्पेट’

हेटौंडा । आज देशको सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन समपन्न भएर परिणाम पनि सार्वजनिक भइसकेको छ । सातै प्रदेशमा जस्तै बागमती प्रदेशको हेटौंडामा पनि मतदान सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनमा सत्तारुढ गठवन्धनका चारैजना उम्मेद्वार विजयी भएका छन् ।

बिहान ९ बाट हेटौँडा–४ मा रहेको भुटनदेवि माध्यामिक विद्यालयमा मतदान सुरु भएको थियो । तर यो पटक मतदान स्थलमा मतदान गर्न आउने मतदाताको लागि ‘ग्रिन कार्पेट’ बिच्छ्याइएको थियो । मतदानस्थलमा मतदान गर्न जाने ठाउँबाट मत खसाल्ने स्थलसम्म रहेको ग्रिन कार्पेटबाट प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखरु हिडेर जाने ब्यवस्था गरिएको थियो ।

जनप्रतिनिधिहरुलाई सहजताको लागि ग्रिन कार्पेट प्रयोग गरिएको निर्वाचन आयोगका एकजना प्रतिनिधिको भनाइ छ । हाल संघिय व्यवस्थाप्रति आम नागरिकको विभिन्न धारणा बनिरहेको सन्र्दभमा हेर्दा पनि अस्वभाविक देखिने ग्रिन कार्पेटको व्यवस्थापनबारे कोहि पनि जनप्रतिनिधिले प्रश्न गरेको भने पाइएन् ।

आम नागरिकले मतदान गर्ने निर्वाचनमा सामान्य सुविधामा पनि ध्यान दिन नसकेको आयोगले राष्ट्रियसभाको निर्वाचनमा चौरमाथि ग्रिन कार्पेट बिच्छ्याउनुलाई आम नागरिकले भने सकारत्मक रुपमा लिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर