रवि लामिछानेविरुद्ध मिडिया प्रहार- योजना कडा, तर स्क्रिप्ट कति दमदार ? – Nepal Press

रवि लामिछानेविरुद्ध मिडिया प्रहार- योजना कडा, तर स्क्रिप्ट कति दमदार ?

काठमाडौं । देशको चौंथो अंगको प्रमुख प्रतिनिधि दावी गर्दै आएको कान्तिपुर दैनिकलगायत केही मिडिया अहिले देशको चौंथो ठूलो पार्टीका सभापति रवि लामिछानेविरूद्ध प्रतिशोधात्मक लडाइँमा छन् । केही मिडिया र केही मिडियाकर्मीको साझा दुश्मन बनेका रविविरुद्ध कसैले संस्थागत र कसैले व्यक्तिगत हमला गरिरहेकै छन् । दुवै पक्षको हुलिया र प्रवृत्ति हेर्दा यो लडाइँ चाँडै टुंगेलाजस्तो पनि देखिन्न । केही समय ठहराबमा जान चाहीँ सक्छ ।

हरेक सञ्चारमाध्यमहरू राष्ट्रका पहरेदार मानिन्छन् । राज्यसञ्चालनमा उनीहरूको प्रत्यक्ष भूमिका हुँदैन, तर प्रभावकारी सञ्चारमाध्यम बिनाको राज्यप्रणाली अपूरो हुन्छ । सञ्चारमाध्यमसँग शक्तिमात्र हुँदैन, दायित्व र जिम्मेवारी पनि हुन्छ । उनीहरू पूर्वाग्रही होइन, सन्तुलित र तथ्यपरक हुनुपर्छ । तथ्यहरूलाई बंग्याएर झूटोलाई सत्य स्थापित गर्ने कर्म सञ्चारमाध्यमको आचारसंहिताभित्र पर्दैन । अझ, कोही व्यक्तिविशेषमाथि प्रतिशोध वा कुण्ठा पालेर भ्रामक समाचारको खेती गर्नु व्यवसायिक पत्रकारिताको चीरहरण हो ।

हिजो (माघ ९ गते) कान्तिपुरले रवि लामिछानेमाथि केन्द्रित रहेर पहिलो पृष्ठमा मुख्य समाचार र चौंथो पृष्ठमा लामो सम्पादकीय छाप्यो । अस्ति पनि पहिलो पेजको ठूलो हिस्सा रविले नै ओगटेका थिए । हिजो र अस्तिको समाचारमा तात्विक भिन्नता छैन । रविले ग्यालेक्सी टेलिभिजन छोड्दा १ करोड ८० लाख रूपैयाँ उनको खातामा जम्मा भएको भनेर अस्तिकै समाचारमा ठोकुवा गरिएको थियो । आज हेडलाइन लेखिएको छ- रविले १ करोड ८० लाख रूपैयाँ बुझेको तमसुक कम्पनी रजिष्टार कार्यालयमा । एक दिनअघि खातामा पैसा जम्मा भएको भनेर लेखियो, भोलिपल्ट रविले त्यसैको तमसुक गरेको भनेर । यसरी एउटै दावीलाई दोहोर्‍याएर प्रमुख समाचार बनाउनुपर्ने नौबत किन आयो ? किन आयो भने कान्तिपुरले अस्ति लेखेको समाचार त्यही दिन गलत ठहरियो ।

म रवि लामिछानेको न समर्थक हुँ न विरोधी । हिजो आफैं सञ्चारकर्मी छँदा टीभीमा उनको नचाहिँदो बर्बराहट पनि यही कानले सुनेको हो । रविले आफैं वकिल, आफैं प्रहरी र आफैं न्यायाधीश बनेर कसरी मानिसहरूलाई डाम्थे भन्ने धेरैले बिर्सेका छैनन् । कान्तिपुरले राति-राति फोन गरेर केरकार गरिरहँदा उनलाई आफ्नो विगतको ‘पत्रकारिता’, जब उनी भात खाँदा खाँदैको मान्छेलाई उठाएर जुठै हात बाइट माग्थे, कत्तिको याद आउँदो हो कुन्नी ?

रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेका थिए, कान्तिपुरको समाचार खण्डन गर्न । हुन त कान्तिपुरले समाचार लेख्ने र रविले खण्डन गर्ने सिलसिला लामै भइसक्यो । एउटा कागतको चिर्कटो भेट्नासाथ उत्साहित भएर गहन अनुसन्धानविना समाचार ठोकिहाल्ने मिडियाको प्रवृत्ति र अपरिपक्व रूपमा आधाअधुरो प्रतिवाद गर्ने रविको कमजोरी हेर्दा यो सिलसिला लामै समय चल्न सक्छ । तर, यसपटक भने रविले तथ्यसहित खण्डन गरे । जुन बैंकमा रहेको रविको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा भएको भनेर ठोकुवा गरेको थियो, त्यही बैंकले दिएको पत्र बोकेर आएका थिए रवि । पत्रमा रविको खातामा मिडियाले भनेजस्तो रकम जम्मा नभएको स्पष्ट पारिएको छ ।

यसको यथार्थ के हो भने जीवी राई वा उनको कोही प्रतिनिधिले एउटा १ करोड ८० लाख रूपैयाँको चेक बोकेर बैंक गए । बैंकका कर्मचारीले त्यो चेक रजिष्टर गरेर रसिद थमाए । तर, चेकमा उल्लेख भएको रकम चेकधनीको खातामा थिएन । रकम ट्रान्सफर भएन ।

कान्तिपुरले रसिद हात पार्नासाथ रकम जम्मा भएको भनेर हेडलाइनमै ठोक्यो । भोलिपल्ट समाचारमा उक्त हेडलाइन र समाचारमा भएको गल्ती स्वीकारिएको छैन । बरु कम्पनी रजिस्टार कार्यालयमा गरिएको तमसुक देखाएर समाचारको झूटलाई स्थापित गर्ने चेष्टा गरिएको छ । जुन तमसुकको कागत अघिल्लो राति १० बजे रवि आफैंले फेसबुकमा सार्वजनिक गरेका थिए, त्यही छापेर समाचार बनाइयो । कम्पनी रजिष्टार कार्यालयमा यो कागज के प्रयोजनका लागि गरिएको थियो भन्नेमा ध्यान गएन, अथवा ध्यान गए पनि नगएजस्तो गरियो ।

रविले भन्दै आएका छन् कि उनले ग्यालेक्सी टीभी सुरू गर्दा १५ प्रतिशत शेयर नि:शूल्क पाएका थिए । यस्तो शेयरलाई ‘गुडविल शेयर’ वा ‘स्वेट शेयर’ भन्ने गरिएको छ । त्यो भनेको टीभी सञ्चालक जीवी राईले रविलाई हायर गर्नका निम्ति दिएको एउटा लोभ वा अफर हो । विदेशमा मात्र नभएर नेपालमा पनि केही नाम चलेका सञ्चारकर्मीले लगानीकर्ताबाट यस्तो शेयर लिएर काम गरिरहेका छन् । नयाँ अभ्यास होइन ।

तर, नि:शूल्क दिइएको यस्तो ‘गुडविल शेयर’ लाई सम्बोधन गर्ने छुट्टै कानून छैन । सरकारी निकायले शेयर स्वामित्व हस्तान्तरण गर्दा किनबेचको प्रमाण नै खोज्छन् । वास्तविक रकम लेनदेन नभएको भए पनि लेनदेन भएको विवरण पेश गर्नैपर्छ । रवि र जीवीबीच भएको यत्ति नै हो । सुरूमा जीवीकै पैसा रविले लगानी देखाएर १५ प्रतिशत शेयर स्वामित्व कायम गरे । टिभी छोडेपछि जीवीलाई नै शेयर फिर्ता गरे ।

जब रविले टीभी छोड्ने निर्णय लिए, उनले आफ्नो नाममा रहेको शेयर पैसा लिएरै विक्री गर्न सक्थे । तर, छोटो समयमै टिभी छोड्नुपरेकाले उनलाई केही न केही ‘गिल्टी फिल’ थियो । त्यसैले आफूले निशूल्क पाएको शेयर उनले नि:शूल्क नै जीवीलाई फिर्ता गर्न तयार भए । तर, फेरि पनि कानूनी प्रक्रिया त पूरा गर्नुपर्‍यो । कम्पनी रजिस्टार कार्यलयमा गएर ‘ल मैले फिर्ता गरेँ’ भनेर हात उठाएको भरमा हुँदैन । त्यहाँ फेरि रकम लेनदेनको प्रमाण देखाउनुपर्छ । यही प्रयोजनका लागि जिवि राईले बैंकमा १ करोड ८० लाखको चेक जम्मा गरेको भौचर बनाए । त्यही भौचर कम्पनी रजिस्टार कार्यालयमा पेश गरियो । अनि रविले सो रकम वास्तविकरूपमा नलिए पनि ‘लिएँ’ भनेर सही गरिदिए ।

रकम लिए कि लिएनन् तँ ल्वान्छरोलाई कसरी थाहा भयो ? भनेर प्रश्न उठाउन सक्नुहुन्छ । अनुमान गर्नुस, यदि रकम लिएको भए रविले टिभीमा नै छाति पिटेर मैले निशूल्क शेयर फिर्ता गरेँ भनेर घोषणा गर्न सक्थे होलान् ? यदि उनको झुटो दावी गरेका थिए भने टिभी सञ्चालक राईले तत्कालै खण्डन गर्थेनन् होला ? मैले पैसा दिएको हुँ भन्थेनन् होला ? अनि अहिले बैंकले नै पैसा खातामा गएको छैन भनेर आधिकारिक पत्र दिन तयार हुन्थ्यो होला ?

ल, रविविरोधी मिडियाले भनेजस्तो पैसा लिएकै थिए भने पनि यसमा कसको टाउको किन दुख्नुपर्ने ? त्यो त दिने र लिनेबीचको कुरा होइन ? राज्यलाई यसबाट के हानी हुन्छ ? आखिर त्यो शेयर रविकै नाममा थियो । पैसा लिएरै बेचेका थिए भने पनि त्यो वैधानिक नै हुन्थ्यो । तर, लिएनन् । त्यही भएर जीवी राई पनि सौहार्दरूपमा उनलाई टिभीबाट बिदा गर्न तयार भए । यो नितान्त उनीहरू दुईजनाबीचको समझदारीको कुरा हो । पैसा पाउनुपर्ने व्यक्ति सन्तुष्ट छ भने अरुको असन्तुष्टि किन ?

मानौं कान्तिपुरकै प्रकाशकले आफ्ना सम्पादकको कार्यसम्पादनसँग चरम सन्तुष्ट भएर पुरस्कारस्वरूप उनलाई अलिकति गुडविल शेयर दिने प्रस्ताव गरे । नाफामा रहेको प्रतिष्ठित मिडिया हाउसको नि:शूल्क पाउने अफर सम्पादकले स्वीकार नगर्ने सम्भावना पक्कै नहोला । अब प्रकाशकले आफ्नो नामको थोरै शेयर सम्पादकको नाममा स्वामित्व हस्तान्तरणका लागि कानूनी प्रक्रिया त पूरा गर्नुपर्‍यो । त्यसबेला प्रकाशक र सम्पादकले पनि यस्तै प्रोसेसमा जानुको विकल्प हुन्न । पैसा लेनदेन नभए पनि भएको भनेर प्रमाण देखाउनुपर्छ । अन्यथा कम्पनी रजिस्टारले मान्दैन ।

रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेका थिए, कान्तिपुरको समाचार खण्डन गर्न । हुन त कान्तिपुरले समाचार लेख्ने र रविले खण्डन गर्ने सिलसिला लामै भइसक्यो । एउटा कागतको चिर्कटो भेट्नासाथ उत्साहित भएर गहन अनुसन्धानविना समाचार ठोकिहाल्ने मिडियाको प्रवृत्ति र अपरिपक्व रूपमा आधाअधुरो प्रतिवाद गर्ने रविको कमजोरी हेर्दा यो सिलसिला लामै समय चल्न सक्छ । तर, यसपटक भने रविले तथ्यसहित खण्डन गरे ।

अब मानौं, भोलिका दिनमा सम्पादकले उक्त पत्रिका छोड्ने मनसाय बनाए । आफ्नो पालामा पत्रिका झनै अधोगतिमा गएको उनलाई महसुस भयो र आफूलाई दिइएको नि:शूल्क शेयर प्रकाशकलाई नि:शूल्क नै फिर्ता गर्न चाहे । त्यसबेला फेरि पनि कानूनी प्रक्रिया पूरा गर्नैपर्छ । यत्तिकै शेयर हस्तान्तरण हुँदैन । प्रकाशले शेयर बापतको रकम सम्पादकलाई भुक्तानी गरेको प्रमाण पेश गनुपर्ने हुन्छ ।

त्यसैले यो एउटा चलिआएको अभ्यास नै हो । अब यो व्यवहारिक भएन भने गुडविल शेयरको विषयमा बेग्लै कानून बनाउनुपर्‍यो । होइन भने उपाय के छ ?

अर्को उदाहरण पनि दिन्छु । मानौं तपाईंले आफ्नो मोटरसाइकल साथीलाई उपहार दिन चाहनुभयो । मोटरसाइकल नामसारीका लागि यातायात कार्यालय जानुपर्छ । कतिमा किनबेच भएको भनेर लेख्नुपर्छ । तपाईंले काल्पनिक अंक लेख्न सक्नुहुन्छ । कार्यालयका हाकिमले तपाईंलाई पैसा पाउनुभयो ? भनेर सोध्छन् । तपाईं अँ पाएँ भन्नुहुन्छ । अनि बल्ल नामसारी हुन्छ । यहाँ पनि तपाईंले पैसा पाएँ भनेर हाकिमलाई झुक्याउनुभयो । अब के तपाईं कानूनी कारवाहीको हकदार हो ?

मिडियाको अर्को दावी छ, रविले जीवी राईको सहकारीबाट पैसा निकालेर आफ्नो खातामा हाले । हुन त पैसा नै खातामा नगएको भनिएपछि यो समाचार पनि यत्तिकै मर्यो । तर, राईले ग्यालेक्सी टेलिभिजनमा सहकारीको पैसा लगानी गरेको तथ्य बाहिरिएको छ । रवि प्रवन्ध निर्देशक हुँदा सहकारीको पैसा टीभीमा ल्याइएको हो भने उनी जिम्मेवार हुने कि नहुने भन्ने प्रश्न उठ्छ नै ।

रवि लामिछानेले अस्तिको प्रेसमिटमा आफू ग्यालेक्सीमा छँदा टिभीको बोर्ड बैठकले गरेका निर्णयहरूको ठेली नै बोकेर आएका थिए । कुनै पनि बैठकले सहकारीबाट पैसा लिने निर्णय नगरेको उनको जिकर छ । सहकारी घोटालाका विषयमा अनुसन्धान भइरहेकाले ग्यालेक्सीको बोर्ड बैठकका निर्णयहरू पनि सम्बन्धित निकायले अध्ययन गर्लान् नै । यदि रवि प्रवन्ध निर्देशक हुँदा नै बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको भए उनी नैतिक वा कानूनी भागीदार हुन सक्छन् । किनकी सहकारीमा वचतकर्ताले जम्मा गरेको पैसा टेलिभिजनमा लगानी गर्न कानूनले अनुमति दिँदैन ।

तर, बोर्ड बैठकबाट निर्णय नगराई जीवी राईले गुपचुप पैसा ल्याएको हो भने रविलाई थाहा नहुन पनि सक्छ । उनीसँग १५ प्रतिशत शेयर स्वामित्व भए पनि व्यवहारिकरूपमा उनी एक कर्मचारी नै थिए । उनको मुल जिम्मेवारी भनेको टेलिभिजनको सामग्री उत्पादन, कर्मचारी व्यवस्थापन लगायत थियो । लगानीको स्रोतमा न रविको पहुँच थियो न नियन्त्रण । साहुले कहाँ-कहाँबाट पैसा ल्याएको हुन्छ, जिम्मेवार कर्मचारीलाई पनि थाहा नहुन सक्छ । सोध्ने कुरा पनि हुँदैन । र, आफूले हस्ताक्षर नगरेको र जानकारी नभएको विषयमा रवि कानूनतः जिम्मेवार हुन्छन् भन्ने मलाई चाहीँ लाग्दैन । यसलाई कानूनका ज्ञाताहरूले राम्ररी प्रष्टाउन सक्लान् ।

खैर, मुद्दा सहकारी पीडितको छ । सहकारी सञ्चालक र टिभी सञ्चालक दुवै भएको हिसाबले मुख्य जिम्मेवार जीवी राई नै हुन् । तर, मिडिया हाउस रवि लामिछानेविरुद्ध हात धोएर लागेको छ । नेपथ्यमा जीवी राई समाचार पढेर मुसुमुसु हाँसिरहेका होलान् । अथवा आफूले जसलाई भर गरेर सहकारीको समेत पैसा टिभीमा लगानी गरे, उसले बीचमै अलपत्र पारेर हिँडेपछि डुबेको अनुभूतिको आक्रोशस्वरूप कतिपय ती लिखतहरू उनैले मिडियालाई उपलब्ध गराएका पनि हुन सक्लान् । कतिपयले त उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत सम्पर्कमा रहेको र रविको नाम सहकारी ठगीमा मुछेमा उनलाई सरकारको तर्फबाट भरपूर सहयोगको आश्वासन दिइएको समेत टिप्पणी गरिरहेका छन् । रविले पछिल्लो पत्रकार सम्मेलनमै पनि उक्त कुराको संकेत गरिसकेका छन् ।

मिडियाको अर्को दावी छ, रविले जीवी राईको सहकारीबाट पैसा निकालेर आफ्नो खातामा हाले । हुन त पैसा नै खातामा नगएको भनिएपछि यो समाचार पनि यत्तिकै मर्यो । तर, राईले ग्यालेक्सी टेलिभिजनमा सहकारीको पैसा लगानी गरेको तथ्य बाहिरिएको छ । रवि प्रवन्ध निर्देशक हुँदा सहकारीको पैसा टीभीमा ल्याइएको हो भने उनी जिम्मेवार हुने कि नहुने भन्ने प्रश्न उठ्छ नै ।

एउटा सञ्चारमाध्यमले लेखेको समाचारमाथि अर्को सञ्चारमाध्यमले टिप्पणी गर्नुलाई नेपालमा निको अभ्यास मानिँदैन । मलाई थाहा छैन, यो लेख नेपाल प्रेसले छाप्छ वा छाप्दैन । तर, यो चाहीँ थाहा छ कि नेपाल प्रेसबाहेक अरुले छाप्दैनन् । किनकी रविलाई सिध्याउनैपर्छ भन्नेमा पत्रकारिता जगतभित्र अभूतपूर्व एकता देखिन्छ । फेसबुकमा रविविरुद्ध स्टाटसहरूमध्ये अधिकांश पत्रकारकै भेटिन्छन् । एउटा पूर्वपत्रकार हुनुको नाताले म बुझ्छु कि पत्रकारिता र राजनीतिमा रविको छलाङले कसरी पत्रकारलाई पोलेको छ ।

म रवि लामिछानेको न समर्थक हुँ न विरोधी । हिजो आफैं सञ्चारकर्मी छँदा टीभीमा उनको नचाहिँदो बर्बराहट पनि यही कानले सुनेको हो । रविले आफैं वकिल, आफैं प्रहरी र आफैं न्यायाधीश बनेर कसरी मानिसहरूलाई डाम्थे भन्ने धेरैले बिर्सेका छैनन् । कान्तिपुरले राति-राति फोन गरेर केरकार गरिरहँदा उनलाई आफ्नो विगतको ‘पत्रकारिता’, जब उनी भात खाँदा खाँदैको मान्छेलाई उठाएर जुठै हात बाइट माग्थे, कत्तिको याद आउँदो हो कुन्नी ?

(प्रस्तुत विचार स्तम्भकार तथा लेखकको निजी धारणा हो, उनको विचारसँग सम्पादकीय नीतिको सम्बन्ध छैन)


प्रतिक्रिया

7 thoughts on “रवि लामिछानेविरुद्ध मिडिया प्रहार- योजना कडा, तर स्क्रिप्ट कति दमदार ?

  1. आफैं दलाली पेशामा डुबेका मिडिया आफ्नो दलाली ढाकछोप गर्न यी फण्डातिर लागेका हुन् ।

  2. छद्म नाम थाह भएन तर मात्रिका जी यो लेख निकै सतही लाग्यो । विषय कति करोडको हैन उनी कति समय त्यहाँ MD थिए त्यो स्थापित गर्न कान्तिपुर को खोज समाचार ठीक छ। जति समय रवि galaxy को MD भएर त्यो समयमा सहकारीको पैसा त्यहाँ जम्मा भयो त्यो सबै रकमको जिम्मेवार MD पनि हुन। मिलोमतो मा जिवी भगाउने रवि उम्कने भन्ने हुदैन ।

  3. लेखक मोहद
    सुरुमै लेख्नु भएको छ म रविको केही होइन । यसमा मेरो भन्नु केही छैन ।
    कति मिठो सँग भन्नु भएको छ निशुल्क दिइएको गुडविल शेयर । सारै राम्रो । कम्पनिले गुडविल शेयर दिन पाउँ छ दिन्छ । अब रमाइलो कुरा गर्नु भएको छ यसको कानुन छैन रे । शेयर दिएपछि उसले निशुल्क दिए पनि त्यो शेयर बराबरको रकमको दायित्व बहन गरेर हस्तान्तर भएको शेयर हो गुड विल शेयर भने पनि । संस्थापक शेयर भने पनि । अन्य सर्वसाधरणको शेयर भने पनि जसको नाममा छ त्यसले सो शेयर बराबरको दायित्व र हक हुन्छ कूल शेयरमा कति छ जसको नाममा उसैलाई ।
    अब लेखकले त्यो सेयर फिर्ता गरेको भनेको छन् । निशुल्क त उनलाई पो दिएको हो त कम्पनिले । कम्पनिलाई त उनले निशुल्क फिर्ता गरेको हैन । गुडविल शेयर भने पनि त्यो अवैतनिक राजदुत वा निशुल्क परापर्श दिए जस्तो दायित्व न भएको वा बोलिको हैन । अब त्यो फिर्ता गर्दा कम्पनिलाई निशुल्क वा अर्को कर्मचारिलाई निशुल्क गुडविल शेयर दिएको त हैन । अब उहाँबाट त्यो कम्पनिमा जाँदा शेयरको निम्नतम् मूल्य लिएर दिने हो दिइएको छ । त्यसो नगरेर अन्य कसैलाई निशुल्क शेयर हस्तान्तरण गरेको भए त कम्पनीमा गएर मेरो नामको शेयर हस्तान्तरण गर्ने र लागेको राजश्व तिरे पुग्थ्यो । त्यो चेकमा पैसा लेखेर बैँकमा जानु पर्ने थिएन होला ।
    यहाँ कुरा के छ भने मिडिया हाउस चलाउन सक्ने व्यक्तिलाई उसको क्षमता छ १५ प्रतिशत शेयर उसलाई भनेर कम्पनी सञ्चालकले उसलाई पनि मालिक बनाए । त्यो बेला पनि उ तेति नै प्रतिशत मालिक हो । छोडेर जाँदा त्यो लिएर गएको छ । कुरा यत्ति । मैले चेक बुझे तर पैसा बुझिन । मैले कम्पनि रजिष्टारमा गएर शेयर हस्तान्तरण गरे भन्ने अनि पैसा भने लिएको हैन ।
    यो कस्तो सफाई हो ।
    केटाकेटी कुरा के गर्न खोजेको हो ।
    उही हरिबहादुरले पैसा तिर्ने कुरा गरे जस्तो । पैसा खाको हो । हो । तिर्नु पर्ने हो । हो । अनि खै त पैसा भन्दा के पैसा भनेजस्तै भयो ।

  4. १. यसको लेखक रवि त होइन, तर सम्पादक वा मध्ये वा यही प्रेससँग सम्बन्धित जो कोही हुन् ।

    २. लेख्न नाम नफेरे पनि पाउनुहुन्छ । मक्सद, कतै एमालेलाई रवी पार्टीले समर्थन गरेर सरकार चलाउन मद्धत पुगेमा यही प्रेसको थप रोजगारी बढ्ने वा आफु पनि सत्ताको पहिले देखी चाख्दै आएको … पाइन्छ भन्ने हिसाबले लेखिएकोमा कुनै संकै छैन ।

    ३. तर सहकारीमा जम्मा भएको करोडौं पैसा सामान्य जनताहरुको झ्वाम पारेर हिंडेसी पनि गल्ति नदेख्ने, कस्तो निर्लज पत्रकार ? पत्रकारको गुडविल भनेको दलालहरुलाई बचाउने वा जनताको सहयोग गर्ने ? करोड देखी अरबौं रकम डुबाउने सहरकारी र त्इही सहरकारीको जनताको पैसा टिभीमा हालेर … सजिलै पचाए भयो भन्ने लेख कति जनपक्षिय ? यस्तो लेख कसैले छाप्दैनन् भनेर, आफुले लेखेर आफैले भन्न कति उचित … ?

    ४. यसरी लेख्दै आफै छाप्ने नेपाल प्रेस वा यस्तो लेख छाप्ने नेपाल प्रेस ?

    ५. एमाले सरकारबाट वाहिरिएको वेला, एमाले नेतृत्वहरुको श्वास स्वावाँफँवा स्वावाँफँवा भइराखेको वेला, यो प्रेसको पनि अवस्था त्यस्तै हो ?

    1. हाहाहा यिनको लजिक।
      रबीले “फलानो सहकारीमा पैसा राख” भनेर कसैलाई भनेका छन्?
      रबी त्यो वा त्यसरी डुबेको सहकारीको सञ्चालक वा कर्मचारी हो?
      रबीले सहकारीबाट ऋण लिएको र नतिरेको हो?
      हैन भने सहकारी ठगीको समाचार भनेर रबी रबी रबी रबी भन्दै बकम्फुसे कुरो गर्दा को सही को गलत छुट्याउन भात खाने मान्छेले त सजिलै सक्नुपर्ने हो; हैन कान्तिपुरजस्ता मिडिया र पूराना गन्हाएका नेताको लादी खानेहरुलाई त सम्झाएर लाग्दैन। लाग्दै लाग्दैन।

  5. लेखक मोहद सुरुमै लेख्नु भएको छ म रविको केही होइन । यसमा मेरो भन्नु केही छैन । कति मिठो सँग भन्नु भएको छ निशुल्क दिइएको गुडविल शेयर । सारै राम्रो । कम्पनिले गुडविल शेयर दिन पाउँ छ दिन्छ । अब रमाइलो कुरा गर्नु भएको छ यसको कानुन छैन रे । शेयर दिएपछि उसले निशुल्क दिए पनि त्यो शेयर बराबरको रकमको दायित्व बहन गरेर हस्तान्तर भएको शेयर हो गुड विल शेयर भने पनि । संस्थापक शेयर भने पनि । अन्य सर्वसाधरणको शेयर भने पनि जसको नाममा छ त्यसले सो शेयर बराबरको दायित्व र हक हुन्छ कूल शेयरमा कति छ जसको नाममा उसैलाई । अब लेखकले त्यो सेयर फिर्ता गरेको भनेको छन् । निशुल्क त उनलाई पो दिएको हो त कम्पनिले । कम्पनिलाई त उनले निशुल्क फिर्ता गरेको हैन । गुडविल शेयर भने पनि त्यो अवैतनिक राजदुत वा निशुल्क परापर्श दिए जस्तो दायित्व न भएको वा बोलिको हैन । अब त्यो फिर्ता गर्दा कम्पनिलाई निशुल्क वा अर्को कर्मचारिलाई निशुल्क गुडविल शेयर दिएको त हैन । अब उहाँबाट त्यो कम्पनिमा जाँदा शेयरको निम्नतम् मूल्य लिएर दिने हो दिइएको छ । त्यसो नगरेर अन्य कसैलाई निशुल्क शेयर हस्तान्तरण गरेको भए त कम्पनीमा गएर मेरो नामको शेयर हस्तान्तरण गर्ने र लागेको राजश्व तिरे पुग्थ्यो । त्यो चेकमा पैसा लेखेर बैँकमा जानु पर्ने थिएन होला । यहाँ कुरा के छ भने मिडिया हाउस चलाउन सक्ने व्यक्तिलाई उसको क्षमता छ १५ प्रतिशत शेयर उसलाई भनेर कम्पनी सञ्चालकले उसलाई पनि मालिक बनाए । त्यो बेला पनि उ तेति नै प्रतिशत मालिक हो । छोडेर जाँदा त्यो लिएर गएको छ । कुरा यत्ति । मैले चेक बुझे तर पैसा बुझिन । मैले कम्पनि रजिष्टारमा गएर शेयर हस्तान्तरण गरे भन्ने अनि पैसा भने लिएको हैन । यो कस्तो सफाई हो । केटाकेटी कुरा के गर्न खोजेको हो । उही हरिबहादुरले पैसा तिर्ने कुरा गरे जस्तो । पैसा खाको हो । हो । तिर्नु पर्ने हो । हो । अनि खै त पैसा भन्दा के पैसा भनेजस्तै भयो ।

  6. नेपाल, नेपाली राष्ट्रियता र नेपालका राजनेताबिरुद्ध निरन्तर प्रहार गर्ने र त्यसबाट आर्थिक लाभ लिनुका साथै राष्ट्रियता कमजोर पार्ने उद्देश्यले स्थापित पित पत्रकारिता गरिरहेका मिडियालाई नेपाल प्रेसको दरो झापड ।

Leave a Reply to Raju Bikram Rai Chamling Cancel reply

Your email address will not be published. Required fields are marked *