तस्बिरमा हेर्नुहोस् न्यूरोडको पार्किङ निषेधित क्षेत्र – Nepal Press

तस्बिरमा हेर्नुहोस् न्यूरोडको पार्किङ निषेधित क्षेत्र

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा आजबाट सवारी साधन पार्किङ निषेध गरिएको छ ।

न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

पार्किङ निषेध गरिएपछि सेवाग्राही भने आक्रोशित बनेका छन् । राज्यका निकायबाट भएको सुविधापनि खोसिएको भन्दै त्यहाँ पुगेका सेवाग्राहीहरुको गुनासो थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *