रामेछाप-काठमाडौं सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङलाई – Nepal Press

रामेछाप-काठमाडौं सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङलाई

काठमाडौं । नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा युवा तथा खेलकुद विभागको संयोजनमा आयोजित अन्तरपालिका प्रथम फुटसल कपको उपाधि दोरम्बा सैलुङ गाउँपालिका मञ्चले जितेको छ ।

शनिवार, नेशनल स्पोट्स सेन्टर, च्यासलमा भएको प्रतियोगिताको उपविजेता लिखु तामाकोशी गाउँपालिका सम्पर्क मञ्च भएको छ ।

प्रतियोगितामा तेस्रो स्थान मन्थली र सान्त्वना पुरस्कार रामेछाप नगरपालिकाले पाएको सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

रामेछापका ८ वटा स्थानीय तहबाट १६ टिमले भाग लिएको प्रतियोगिताका विजेतालाई एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले पदक र प्रमाणपत्र प्रदान गरेको आयोजक विनोदकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा एमाले नेता माधव ढुङ्गेल, बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज रुकमणि राना इन्चार्ज, लगायत उपस्थित थिए ।

विजेता पहिलो टिमले ३० हजार,दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कारसहित सिल्ड र प्रमाणपत्र पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *