६ वर्षीया बालिकाको मुन्द्रा र भुड्की चोर्ने महिला १२ जनाको सुन चोरीमा ९ महिना जेल बसेकी थिइन् – Nepal Press

६ वर्षीया बालिकाको मुन्द्रा र भुड्की चोर्ने महिला १२ जनाको सुन चोरीमा ९ महिना जेल बसेकी थिइन्

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ६ वर्षकी बालिकाको कानमा लगाएको सुनको मुन्द्रा र भुड्कीको पैसा चोरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१२ शितलादेवी स्कुलबाट बालिकाको मुन्द्रा र भुड्की चोरी गरि फरार भएकी पोखरा–४ गणेश टोलकी ३४ वर्षीया टीका श्रेष्ठलाई पर्वतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

श्रेष्ठको साथमा चोरी गरेको सुनको मुन्द्रा २ ओटा र नगद २ हजार २ सय ४० भेटिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिला यसअघि पटकपटक चोरी मुद्दा पक्राउ परेको डिएसपी विकले बताए । श्रेष्ठले कास्की अदालतबाट सजायसमेत भुक्तान गरिसकेकी छन् ।

विभिन्न १२ जना महिला तथा वालवालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहना चोरी गरेको कसूरमा पक्राउ थिइन् । चोरी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको फैसलाले ९ महिना कैद र २८ हजार जरिवाना फैसला भई उक्त कैद भुक्तान गरी जरिवाना तिरेर छुटेको डिएसपी विकले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *