सीआईबी नियन्त्रणमा बम्जन, बाहिर अनुयायीको भिड (तस्बिरहरू) – Nepal Press

सीआईबी नियन्त्रणमा बम्जन, बाहिर अनुयायीको भिड (तस्बिरहरू)

काठमाडौं । बुधबार साँझ पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले भर्खरै सार्वजनिक गरेको छ ।

सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् । भित्र बम्जन सीआईबीको नियन्त्रणमा हुँदै गर्दा बाहिर अनुयायीको भिड लागेको छ आज बिहानैदेखि सयौंको संख्यामा अनुयायीहरु त्यहाँ जम्मा भएका हुन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गर्दै बम्जनलाई सार्वजनिक गरेको थियो । तर, उनका अनुयायीहरूलाई भने भित्र पस्न दिइएको छैन । करिब डेढ सयको संख्यामा रहेका अनुयायीहरूले कुनै प्रदर्शन वा नारावाजी नगरी शान्तरूपमा बसिरहेका छन् ।

नेपाल प्रेसले केही अनुयायीहरूसँग कुरा गर्न खोज्दा उनीहरूले बोल्न चाहेनन् । अनुयायीहरुमा महिलाहरूको संख्या उल्लेख्य छ ।

बम्जनमाथि व्यक्ति बेपत्ता, बलात्कारलगायतको आरोप छ । उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ ।

पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै बिहानै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन् । रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी थिइन् । प्रहरीले आफैँले अदालत लैजाने भन्दै जिम्मा दिन नमिल्ने बताएको थियो ।


प्रतिक्रिया

One thought on “सीआईबी नियन्त्रणमा बम्जन, बाहिर अनुयायीको भिड (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *