भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता हुनु लज्जाजनक : खनाल – Nepal Press

भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता हुनु लज्जाजनक : खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू नेपालमा बाँड्न सक्ने गरी भएको सम्झौतामा आपत्ति जनाएका छन् ।

नेपाल र भारतबीच ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा भएको सो सम्झौता आश्चर्यजनक भएको उनको भनाई छ ।

नेपालजस्तो सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि यो सम्झौताको बुँदा लज्जाजनक भएको उनको भनाई छ ।

उनले सम्झौता तुरुन्त रद्द नगरे आन्दोलन हुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर