विद्युतीय र पेट्रोलियम गाडीको छुट्टाछुट्टै भाडा निर्धारणबारे छलफल – Nepal Press

विद्युतीय र पेट्रोलियम गाडीको छुट्टाछुट्टै भाडा निर्धारणबारे छलफल

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढिरहेको छ । सरकारले पनि विद्युतीय गाडीमा भन्सार सहुलीयत दिएर आयातलाई सहज बनाएको छ । तुलनात्मकरूपमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको खर्च विद्युतीय गाडीको सञ्चालन खर्चभन्दा धेरै हुन्छ । तर, यी दुई सवारीको भाडा एउटै छ ।

भन्सार विभागको तथ्यांकआनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ३ हजार ६८६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । भने, पेट्रोलियम र डिजेलबाट चल्ने २ हजार ४४१ सवारी साधन साथै इन्जिन तथा पार्टस भित्रिएको छ ।

विद्युतीय गाडी आयातमा पनि पेट्रोलियम गाडीको तुलनामा भन्सार शुल्क थोरै छ । भने, दैनिक पेट्रोल हालेर सञ्चालन हुने गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च पनि धेरै सस्तो रहेको छ । विद्युतीय गाडीको एक पटक चार्ज गर्दा थोरै मात्रै विद्युत खर्च हुन्छ ।

काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको विद्युतीय साझा बस, विद्युतीय टेम्पो र नयाँ आएका विद्युतीय ट्याक्सीको र पेट्रोलियम सार्वजनिक यातायातको भाडादर एउटै छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपाल सरकारले विद्युतीय गाडीको भाडा कम गरेरमात्रै समस्याको समाधान नहुने बताउँछन् ।

उनी भन्छन्, ‘निजी क्षेत्रले यातायातको क्षेत्रमा ठूलो लगानी गरेको छ । सरकारले नयाँ आएका विद्युतीय गाडीको मात्रै भाडा काम गरेर हुँदैन । हाम्रा हजारौं पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने वा सुविधा दिनुपर्छ । हाम्रो लगानी समस्यामा पार्न राज्यले मिल्दैन । सरकारले कार्यविधि बनाइरहेको भनेको छ । पहिले त्यो हेरौं । अनि के गर्ने भन्ने हुन्छ ।’

सार्वजनिक यातायातको भाडा समायोजनको नियामक निकाय यातायात व्यवस्था विभागले विद्युतीय र पेट्रोलियम गाडीको भाडा फरक बनाउन लागि छलफल भइरहेको जनाएको छ । भने, पेट्रोलियमा गाडी व्यवसायीले भने विद्युतीय गाडीको भाडा सस्तो गर्दा आफूहरू मर्कामा पर्ने बताइरहेका छन् ।

महानिर्देशक उद्धवप्रसाद रिजालले ‘ सञ्चालन खर्च थोरै भएको गाडीको भाडा काम नै हुनुपर्छ । तर, पेट्रोलिय गाडी व्यवसायीले भने विद्युतीय गाडीको भाडा कम गर्ने हो भने समस्यामा पर्ने बताइरहेका छन् । विभागका प्राविधिकहरूले विद्युतीय गाडीको अहिले नै भाडा समायोजन गर्ने बेला नभएको पनि बताइरहेका छन् । हामी सबै पक्षसँग छलफल गरिरहेका छौं । भाडादर पेट्रोलियम र विद्युतीय गाडी फरक हुन्छ । तर, अहिले नै यकिन गरेर भन्न सकिँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर