आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित – Nepal Press

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ । भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा ‘आइएमई पे’ लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो ।

अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

आइएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ ।

आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नव प्रवर्तनात्मक सेवाहरू लिएर आउने आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर