मन्त्री किराँतीको प्रलाप : क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् (भिडिओ) – Nepal Press

मन्त्री किराँतीको प्रलाप : क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् (भिडिओ)

‘प्रचण्ड जिससजस्तै हुन्, जिसस अहिले जन्मेका भए प्रचण्डजस्तै हुन्थे’

काठमाडौं । क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’

किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए ।

उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’


प्रतिक्रिया

One thought on “मन्त्री किराँतीको प्रलाप : क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् (भिडिओ)

  1. कमिलाको मर्ने बेलामा पखेटा निस्कन्छ भने जस्तै यिनको पनि दिन सकिए जस्तो छ ।यिनले आफ्नो पद,गरिमा र मर्यादाको ख्याल गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर