क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित – Nepal Press

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडलाई ‘राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३’ बाट सम्मानित गरिएको छ ।

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलााई भारत सरकार ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरो ‘बीईई’ द्वारा ‘राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३’ बाट सम्मानित गरिएको हो । पुरस्कार भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी हुन् ।

राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो । जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४, १९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरू बाट पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ ।

नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर