कर्तव्यनिष्ठ पितालाई सलाम, बहकिएका प्रधानमन्त्रीलाई सवाल – Nepal Press

कर्तव्यनिष्ठ पितालाई सलाम, बहकिएका प्रधानमन्त्रीलाई सवाल

प्रधानमन्त्रीज्यू, अभिवादन  !

थाहा छ, तपाईंले यो पत्र पढ्नुहुन्न । पढ्न लगाएर पनि सुन्नु हुन्न । ‘आसेपासे’ ले पढे पनि तपाईंलाई व्यहोरा सुनाउने आँट गर्दैनन् । किनकि, पत्रमा चाकडी हैन प्रश्न छ । शासकमात्र होइन तिनका आसेपासे पनि प्रश्नसँग तर्किन्छन्, तर्सिन्छन् अचेल ।

माता-पिताका लागि सन्तानभन्दा प्रिय र नजिक को हुन्छ र ? सन्तानले कुबाटो नसमाउन्, सकेसम्म आफ्नै वरिपरि लुटपुटिउन् र काममा भरथेग गरुन् भन्ने चाहना हर बा-आमाको हुन्छ । तपाईंसँग पनि थियो र छ । बाहिरबाट हेर्दा तपाईंले सन्तानबाट राम्रै साथ पाउनुभएको नै देख्छु । भित्र त के छ के थाहा ?

पारिवारिक शक्ति क्षीण नभएको भए, तपाईंको सामर्थ्य अहिलेको भन्दा निकै बलियो हुन्थ्यो नै । जेठी छोरी ज्ञानु र छोरा प्रकाशको समेत भरथेग कायमै रहन्थ्यो त, तपाईं अझै हिम्मतिलो बुबा र प्रधानमन्त्री हुनुहुन्थ्यो होला । जीवन सहयात्रीलाई पनि तपाईंले बिदा गर्नु पर्‍यो ।

भौतिकवादी तपाईं भाग्यमा विश्वास गर्नुहुन्न । तर, नेपाली जनजिब्रोको भाषामा तपाईं पारिवारिक वा सन्तान सुखका दृष्टिले ‘अभागी’ बुबा, अभागी श्रीमान् । परिवारका ६ जनामध्ये ३ जनालाई त तपाईंले संसारबाटै बिदा गरिसक्नुभयो ।

नातिनीको विवाहबारे पनि तपाईं र तपाईंको परिवारप्रति प्रश्न उठेको छ । जनस्तरले उठाएको प्रश्नको नियतमा प्रश्न नगर्नुहोला । अझ, प्रश्नकर्तालाई वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमलाकारी नठान्नुहोला ।

श्रीमतीको रिक्तताले बेला-बेलामा झस्काउँदो हो । तर, दुई छोरी (रेनु र गंगा) ले गुमेका दुई सन्तानको अभाव खड्किन दिएका छैनन् भन्ने नै ठान्छु । यो पनि सन्तान सुखको आधा हिस्सा हो नि !

भरतपुर महानगरपालिकाकी मेयर रेनुले तपाईंको बिँडो थाम्न सक्छिन् । बस्, आफू छउन्जेल तपाईंले कति माथिसम्म तान्न सक्नुहुन्छ भन्ने मात्र हो। गंगाको पनि यही रूपमा ‘ग्रुमिङ’ हुँदै जाने हो भने उनले पनि राजनीतिमा राम्रै फड्को मार्लिन् नै । रेनुले तपाईंकै आडमा गरि खाएकै छिन् । गंगालाई गरि खुवाउन तीव्र आलोचनाका बीच तपाईं जोडतोडले लाग्नुभएकै छ । त्यसैले दुवै छोरीबारे धेरै सन्ताप नलिनुस् ।

हिजो तपाईंले खै कता हो भन्नुभएछ- ‘एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको हो ।’

प्रधानमन्त्रीज्यू, गंगा तपाईंकी छोरी त हुँदै हुन् । साथमा हुन् प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव । उनले राज्यकोषबाट सेवा-सुविधा लिन्छिन । त्यसैले उनी विशुद्ध प्रधानमन्त्रीको कान्छी सुपुत्रीमात्र होइनन् । राज्यको गंगाप्रति लगानी र गंगाको राज्यप्रति जिम्मेवारी छ ।

तपाईंले अझै अगाडि भन्नुभएछ- ‘अब मेरो परिवारका सदस्य घट्दै गएर तीनजना भएका छौं । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, बिचरा ! त्यो कस्ती छ, तपाईँहरूले थाहा पाउनुभएकै छ।’

फेरि दोहोर्‍याउँछु, हर बा-आमालाई आफ्ना सन्तान राम्रो लाग्छन् । इमान्दार छन् भन्ने विश्वास हुन्छ । बेइमानी गरेका छैनन्, गर्दैनन् भन्ने लाग्छ । तपाईंलाई चाहिँ किन नलागोस्, हैन ?

तर, प्रधानमन्त्रीज्यू तपाईंको विश्वासविपरीत गंगाप्रति सार्वजनिकरूपमै प्रश्न उठेको छ । प्रश्न झिनामसिना जनताले होइन, सांसले उठाएका छन् सांसदले । प्रमाण नै रहेको दाबी गरेका उनले समयक्रममा बाहिर ल्याउने बताएका छन् । उनीबाहेक अरु एकाधबाट पनि कुरा उठेका छन् गंगाप्रति ।

भरतपुर महानगरपालिकाकी मेयर रेनुले तपाईंको बिँडो थाम्न सक्छिन् । बस्, आफू छउन्जेल तपाईंले कति माथिसम्म तान्न सक्नुहुन्छ भन्ने मात्र हो। गंगाको पनि यही रूपमा ‘ग्रुमिङ’ हुँदै जाने हो भने उनले पनि राजनीतिमा राम्रै फड्को मार्लिन् नै । रेनुले तपाईंकै आडमा गरि खाएकै छिन् । गंगालाई गरि खुवाउन तीव्र आलोचनाका बीच तपाईं जोडतोडले लाग्नुभएकै छ ।

प्रधानमन्त्रीज्यू, गंगा तपाईंकी छोरी त हुँदै हुन् । साथमा हुन् प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव । उनले राज्यकोषबाट सेवा-सुविधा लिन्छिन । त्यसैले उनी विशुद्ध प्रधानमन्त्रीको कान्छी सुपुत्रीमात्र होइनन् । राज्यको गंगाप्रति लगानी र गंगाको राज्यप्रति जिम्मेवारी छ ।

आश गर्छु ती सांसदको आक्षेप गलत प्रमाणित होस् । तर, गलत प्रमाणित हुन् या गर्न पनि प्रक्रियामा जानुपर्ला । छानबिन त गर्नुपर्ला । छानबिन त्यो पनि प्रधानमन्त्रीको छोरीलाई … ! उफ्, म कल्पना पनि गर्न सक्दिनँ ।

सरकार प्रमुखको स्वकीय सचिव रहेका कारण गंगाप्रति सार्वजनिक टिप्पणी हुन्छ, प्रश्न उठ्छ । कहिलेकाहीँ गम्भीर आरोप पनि लाग्ला । ती जायज-नाजायज भनेर छुट्याउने जिम्मेवारी पिताजीका नाताले तपाईंको होइन प्रधानमन्त्री पुष्पकमल दाहालको हो । सरकारका संयन्त्रको हो । कानूनी प्रक्रियाको हो ।

तर, त्यतातिर लाग्दै नलागी छोरीको प्रतिरक्षाको दुखद् बाध्यतामा तपाईं हदभन्दा तल झर्नु हुँदैनथ्यो प्रधानमन्त्रीज्यू । कुनै पनि प्रकरणमा तपाईंको छोरीको नाम जोडिनु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला कसरी ठहर्छ ?

कि यो व्यवस्थाले तपाईं र तपाईंको परिवारलाई प्रश्नभन्दा माथि राखेको छ ?

तपाईंकी छोरी रेनु दाहाल र ज्वाइँ अर्जुन पाठककी छोरी अर्थात् तपाईंकी नातिनी प्रतिभा पाठकको विवाहको हकमा चाहिँ मावलीपट्टीका हजुरबुबा तपाईं प्रधानमन्त्रीज्यूमाथि नै सार्वजनिकरूपमा प्रश्न उठाइएको छ । सायद, वैवाहिक कार्यक्रमको निम्तोपत्रमा तपाईंको नाम प्रार्थीका रूपमा भएर पनि हो कि ?

एनसेल प्रकरणका मुख्य पात्रको सिंगापुरस्थित निवासमा पटक-पटक आफैं बसेको स्वीकार गर्नु र गंगाप्रति आक्षेप लाग्नुबीच तपाईंलाई नै गुमराहमा राखिएको केही तथ्य थियो वा छ कि? अब यो प्रश्नको जवाफ बुबाले छोरीसँग मात्र होइन राज्यले गंगा दाहालसँग खोज्नुपर्छ। र, यसमा तपाईंको सकारात्मक सहयोग हुनुपर्छ प्रधानमन्त्रीज्यू ।

तपाईंले यसो हुन दिनु भएन भने चाहिँ वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्ध थप हमला हुने छ । म ठोकुवाका साथ विश्वस्त छु, तपाईंलाई व्यवस्थाविरुद्ध बढ्ने हमलाभन्दा छोरी प्रिय हुने छिन् । म पनि पिता हुँ, सन्तान कति प्रिय हुन्छन् भन्ने बुझ्छु।

प्रधानमन्त्रीज्यू, अब तपाईंकी माइली छोरी रेनुकी पनि छोरीको विवाहको थोरै कुरा गर्छु है !

विवाह कसरी गर्ने भन्ने कुरा व्यक्ति र परिवारको सोच, उनीहरूको आर्थिक क्षमता र तत्कालिन परिवेशले निर्धारण गर्छ। सशस्त्र द्वन्द्वका बेला बन्दुक साटेर, ‘जनवादी’ भनेर भाषण गरेर विवाह गरेको र कतिपयमा तपाईं नै सहभागी हुनुभएको तस्वीर देखेको छु । मन्दिरमा गएर सामान्य औपचारिकता पूरा गरेर वा धुमधामसँग कैयौंलाई निम्त्याएर विवाह गरेको पनि हामीले देखेकै छौं ।

अहिले तपाईंकै नातिनीको विवाहको खुब चर्चा छ ।

हाम्रो चलन र बर-व्यवहारमा नातिनीको विवाहमा मावलीपट्टीको हजुरबुबाको बर-बधुलाई आशीर्वाद दिनेबाहेक खासै सम्लग्नता र निर्णायक भूमिका हुँदैन । जे जति पर्छ छोरी-ज्वाइँले गर्छन्, टार्छन्। छोरी-ज्वाइँको आर्थिक अवस्था अलि कमजोर छ भने चाहिँ सर-सापटी दिएर वा खोजिदिएर उम्काइदिनु पर्ने हुन सक्छ । अन्यथा निम्तालुका रूपमा अभिभावकीय भूमिकामात्रै हो, मावली हजुरबुबाको ।

तर, तपाईंकी छोरी रेनु दाहाल र ज्वाइँ अर्जुन पाठककी छोरी अर्थात् तपाईंकी नातिनी प्रतिभा पाठकको विवाहको हकमा चाहिँ मावलीपट्टीका हजुरबुबा तपाईं प्रधानमन्त्रीज्यूमाथि नै सार्वजनिकरूपमा प्रश्न उठाइएको छ । सायद, वैवाहिक कार्यक्रमको निम्तोपत्रमा तपाईंको नाम प्रार्थीका रूपमा भएर पनि हो कि ?

फेरि दोहोर्‍याउँछु, हर बा-आमालाई आफ्ना सन्तान राम्रो लाग्छन् । इमान्दार छन् भन्ने विश्वास हुन्छ । बेइमानी गरेका छैनन्, गर्दैनन् भन्ने लाग्छ । तपाईंलाई चाहिँ किन नलागोस्, हैन ?

हिजो बन्दुक साटेर जनवादी विवाहलाई प्रोत्साहित गर्नुहुने र अहिले सकारात्मक सामाजिक सन्देश दिनुपर्ने जिम्मेवारीमा रहेकाले तपाईं र तपाईंकी छोरी रेनु दाहालले प्रतिभाको विवाह यसरी दुनियाँ नै चकित पर्ने गरी गरौं भन्ने इच्छा राख्नु भयो भनेर म कल्पना गर्दिनँ । किनकि, क्रान्तिकारीहरू यति सामान्य कुरामा यसरी स्खलित हुन चाहँदैनन् । तपाईंहरू त क्रान्तिकारीका पनि सर्वोच्च क्रान्तिकारी !

कमाई-धमाई गर्ने पछिल्लो पुस्ता जीवनका महत्वपूर्ण कार्य आकर्षक र उपस्थितलाई पनि सम्झनायोग्य होस् भनेर पनि खुलेरै खर्च गर्न चाहन्छ । सायद, त्यो वैवाहिक कार्यक्रमलाई आकर्षण बनाउनु पर्नेमा बर-बधुकै जोड रह्यो होला भन्ने पनि ठान्छु । निर्णय र खर्च सायद बर-बधुले चाहे, इच्छाएअनुसार आफ्नै कमाईबाटै गरे कि ? तर, जनस्तरले प्रश्न चाहिँ तपाईं र रेनुमाथि उठाएको छ ।

हिजोको उग्रक्रान्तिकारी हुनुको नाताले, बन्दुक साटेर विवाह गराउने जनवादी शैलीको अगुवा हुनुको नजीरले तथा समाज रूपान्तरणका लागि मितव्ययी र सरल सामाजिक कार्यको पक्षपाति हुनुको कारणले मात्र होइन वर्तमानको अति विशिष्ट सार्वजनिक जिम्मेवारीको बोधले पनि तपाईंको उपस्थितिमा त्यति भड्किलो विवाह हुनुहुँदैनथ्यो नै।

हिजो बन्दुक साटेर जनवादी विवाहलाई प्रोत्साहित गर्नुहुने र अहिले सकारात्मक सामाजिक सन्देश दिनुपर्ने जिम्मेवारीमा रहेकाले तपाईं र तपाईंकी छोरी रेनु दाहालले प्रतिभाको विवाह यसरी दुनियाँ नै चकित पर्ने गरी गरौं भन्ने इच्छा राख्नु भयो भनेर म कल्पना गर्दिनँ

कतियपयले यसलाई तपाईंको क्रान्तिकारी चरित्रको चरम स्खलन र पूँजीवादी रूपान्तरण पनि भनेका छन् । तर, म चाहिँ यसलाई तपाईंले सत्य स्वीकारेको रूपमा मात्रै बुझिरहेको छु । राजकीय सत्तामा पुगेसँगै जीवनमा आएको अप्रत्याशित परिवर्तनको सत्य स्वीकारेर पारिवारिक आम्दानीअनुसार नातिनीकै विवाहको बहानामा भएपनि कम्बल ओढेर घीउ खाने प्रवृत्तिबाट तपाईं बाहिर निस्किनु भयो, यो चानचुने रूपान्तरण होइन । सत्ता, शक्ति र स्वादले मान्छेलाई जुनसुकै बेला बदल्छ । तपाईं पनि बदलिनु भयो, म खुसी नै छु । क्रान्तिकारीहरूको पतनमा म अक्सर खुसी नै हुन्छु ।

माता-पिताका लागि सन्तानभन्दा प्रिय र नजिक को हुन्छ र ? सन्तानले कुबाटो नसमाउन्, सकेसम्म आफ्नै वरिपरि लुटपुटिउन् र काममा भरथेग गरुन् भन्ने चाहना हर बा-आमाको हुन्छ । तपाईंसँग पनि थियो र छ ।

प्रधानमन्त्रीज्यू, नातिनीको विवाहबारे पनि तपाईं र तपाईंको परिवारप्रति प्रश्न उठेको छ । जनस्तरले उठाएको प्रश्नको नियतमा प्रश्न नगर्नुहोला । अझ, प्रश्नकर्तालाई वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमलाकारी नठान्नुहोला । विशिष्ट सार्वजनिक सामाजिक जिम्मेवारीका कारण त्यसबारे परिकारका तर्फबाट केही भनाइ राख्दा नै उपयुक्त हुन्छ भन्ने मेरो तपाईं र रेनुलाई सुझाव छ । बाँकी तपाईंहरू नै जान्नुस् ।

प्रधानमन्त्रीज्यू, लोकतन्त्रमा सार्वजनिक पदधारीलाई जनताको जायज-नाजायज प्रश्नमा ‘इरिटेड’ हुने छुट छैन । तपाईं देशकै कार्यकारी प्रमुखलाई त झनै छैन ।

ल्वान्छरोका अन्य सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *