सिटिजन्स बैंकका ग्राहकलाई जुकोट दरबार थकाली रेस्टुरेन्टमा विशेष छुट – Nepal Press

सिटिजन्स बैंकका ग्राहकलाई जुकोट दरबार थकाली रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा विशेष छुट पाउने भएको छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबार मार्गस्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङका ग्राहकले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

सिटिजन्स बैंकले देशैभर आफ्ना १९० शाखा, १५१ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

One thought on “सिटिजन्स बैंकका ग्राहकलाई जुकोट दरबार थकाली रेस्टुरेन्टमा विशेष छुट

  1. सरकार आफैं विखण्डनकारी छ के अरूलाई नियन्त्रण गर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर