शेयर बजारमा लगातार उछाल, एक वर्षयताकै सर्वाधिक कारोबार – Nepal Press

शेयर बजारमा लगातार उछाल, एक वर्षयताकै सर्वाधिक कारोबार

काठामडौं । साताको दोस्रो दिन पनि शेयरबजार उत्साहजनक रुपमा बढेको छ ।

सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दूमा बन्द भएको छ । यस दिन बजारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत असार १० गतेमात्रै ६ अर्ब बढीको कारोबार भएको थियो । आज करिब एक वर्षयताकै उच्च कारोबार भएको हो ।

अघिल्लो दिन आइतबार करिब तीन महिनायताकै उच्च करोबार भएको थियो । आइतबार २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज बोटलर्स नेपाल बालाजु, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, वीपीडब्लू लघुवित्त वित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्ट को सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार बजार पूँजीकरण ३१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर