काठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल गर्ने – Nepal Press

काठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल गर्ने

काठमाडौं । काठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्न रुसी महासंघको प्रतिनिधी मण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पहल गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्ससका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यवसायिक प्रतिनिधिबीच भेटवार्तामा अध्यक्ष मल्ले काठमाडौं र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहलमा जोड दिएका हुन् । चेम्बर अफ कमर्स र भ्रमणमा रहेको रुसी महासंघको व्यवसायीक प्रतिनिधीबीच दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो ।

भेटवार्तामा अध्यक्ष मल्लले भने, ‘नेपाल रुसबीचको कुटनीतिक सम्वन्ध बलियो छ, ‘सयौं नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन, रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्र्दभमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मलुकलाई फाईदा पुग्छ, ।’

काठमाडौंसंगै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बर पदाधिकारीहरुसंगको भेटमा रुसी महासंघको व्यवसायिक प्रतिनिधी मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफुहरुले पहल गर्ने बताए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर