तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते – Nepal Press

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

पोखरा । मुग्लिनबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना भएको छ ।

तनहुँको व्यास नगरपालिका- १२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार टिपरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो । दुर्घटनामा १८ जना यात्रु घाइते भएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको र बाँकी घाइतेको जिल्ला अस्पताल र रत्नहरि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर