स्टान्डर्ड चार्टर्ड बैंकले पनि घटायो व्याजदर, कुन खातामा कति व्याज पाइने ? – Nepal Press

स्टान्डर्ड चार्टर्ड बैंकले पनि घटायो व्याजदर, कुन खातामा कति व्याज पाइने ?

काठमाडौं । वाणिज्य बैंकहरूले धमाधम आफ्नो व्याजदर घटाउँदै गर्दा स्टान्डर्ड चार्टर्ड बैंकले पनि घटाएको छ ।

बैंकले शुक्रबार पुस १ गतेदेखि लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले व्यक्तिगततर्फ अघिकतम मुद्दती निक्षेप व्याजदर ८.५६ प्रतिशत तोकेको छ । त्यस्तै, संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत व्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि अधिकतम ८.९७ प्रतिशत व्याज कायम गरेको थियो ।

हालसम्म एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकले आफ्नो व्याजदर घटाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर