नेप्से ५ प्रतिशतले बढेपछि पुन: ४० मिनेटका लागि कारोबार बन्द – Nepal Press

नेप्से ५ प्रतिशतले बढेपछि पुन: ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ ।

सातको पहिलो दिन नेप्से परिसूचक ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो भने, ११ बजेर २७ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । जहाँ बजार ९२.७३ अंकले बढेर १९४५.५१ बिन्दुमा कायम भई ब्रेक लागेको छ ।

११ बजेर ५ मिनेट ५६ सेकेन्डमा बजार ७४ अंकले बढेर १९३७ बिन्दुमा पुगेको थियो । जहाँ बजार २० मिनेटका लागि बन्द भएको थियो । बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढेर ५ प्रतिशत पुगेपछि नेप्सेमा पुन: ४० मिनेटका लागि ब्रेक लागेको हो ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर