गभर्नरको प्रष्टीकरण : ऋण लिएपछि तिर्नु पर्दैन भन्ने भाष्य निर्माण गरिएको छैन (भिडिओ) – Nepal Press

गभर्नरको प्रष्टीकरण : ऋण लिएपछि तिर्नु पर्दैन भन्ने भाष्य निर्माण गरिएको छैन (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्रनर महाप्रसाद अधिकारीले नीतिगत रुपमा ऋण लिएपछि तिर्नु हुदैन भन्ने भाष्य निर्माण नगरेको बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासीक समीक्षा कार्यक्रममा बोल्दै ग्रभर्नर अधिकारीले लिएको ऋण तिर्नु हुँदैन भन्ने भाष्य निर्माण नगरेको बताए ।

अधिकारीले भने, ‘ऋणीले कर्जा लिएपछि तिर्नु पर्छ । राष्ट्र बैंकले कर्जा तिर्नु हुँदैन भन्ने भाष्य निमाण गरेको छैन । ऋणीलाई अलिक मात्रै समय दिइएको हो । जसलाई अलिकति गाह्रो भएको छ । त्यो बैंकहरुसँग के भएको छ छलफलको विषय हो । ऋण लिएपछि तिर्नु हुँदैन भन्ने होइन । रुपैयाँ आम जनताको हो । ऋणीले आफ्नो ऋण तिर्नुपर्छ ।’

राष्ट्र बैंकले लिएको नीतिगत परिवर्तनलाई गभर्नर अधिकारीले अप्ठ्यारोमा परेका ऋणीहरुलाई थप समय मात्रै दिएको व्याख्या गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर