बैंक दर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घट्यो – Nepal Press

बैंक दर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घटाएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् ७.५ प्रतिशत बैंक दरलाई घटाई ७ प्रतिशत, ६.५ प्रतिशत नीतिगत दर घटाएर ५.५ प्रतिशत र ४.५ प्रतिशत निक्षेप संकलन बोलकबोल दरलाई घटाई ३.० प्रतिशत कायम गरेको हो । भने, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

त्यस्तै, नीतिगत व्यवस्थातर्फ पहिलो समीक्षाबाट ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रूपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले आगामी पुस मसान्तससम्म श्रोतको रुपमा शतप्रतिशत गणना गर्न पाउने डिवेन्चरलाई अब पुसपछि डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रूपमा गणना गर्न पाउने भएका छन् ।

भूकम्पका कारण क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले गत वर्ष र चालू आर्थिक वर्षको मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्नसक्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर