एनसेल प्रकरण: आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता – Nepal Press

एनसेल प्रकरण: आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा लिमिटेड र सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकविरुद्ध मुद्दा दर्ता भएको छ ।

आजियटाले विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य गरेको भन्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।

अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याइ आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु गैरकानूनी भएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।

रिटमा आजियटा र सचितको कार्य नेपालको अहिलेसम्मको इतिहासमै ठूलो आपराधिक कार्य भएको र यसबाट सार्वजनिक सम्पत्ति हिनामिना भएको उल्लेख छ । यसबाट नेपालले पाउनुपर्ने ४०० मिलियन डलर आजियटा र सचितलाल सम्पत्तले अपचलन गरेको तथा त्यसको बदलामा उनीहरुले एनसेलको नाममा ऋण लिएर र एनसेलको पैसाबाट पूँजीगत लाभकर तिर्नु सरासर गैरकानुनी कार्य भएको रिटमा उल्लेख छ ।

रिट निवेदनमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, एनसेल आजियाटा समूह बर्हाड, स्पेर्क्ट युके लिमिटेड, युनिभेरा क्यापिटल भेन्चर, ठूला करदाताको कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर