एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा प्राधिकरणका अध्यक्षले देखाए यी कारण (भिडिओ) – Nepal Press
अर्थ समिति बैठक

एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा प्राधिकरणका अध्यक्षले देखाए यी कारण (भिडिओ)

काठमाडौं । दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए ।

समिति सदस्यको सवालको जवाफ दिँदै खनालले कानून बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताएका छन् । शेयर खरिदबिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा रोक्न नमिल्ने जवाफ पठाएको उनले सुनाए ।

बैठकमा उनले एनसेलको शेयर बिक्री र मूल्यमा पनि चलखेल भएको बताए ।

खनालले शेयर खरिदबिक्रीसम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै जवाफ दिने पत्र एनसेलबाट प्राप्त भएको बताए । एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले १५ गते लेखेको पत्रको जवाफ हिजो आएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर