एनसेलले भन्यो : शेयरधनी परिवर्तनबाट सेवा-सुविधामा असर पर्दैन – Nepal Press

एनसेलले भन्यो : शेयरधनी परिवर्तनबाट सेवा-सुविधामा असर पर्दैन

काठमाडौं । माउ कम्पनी आजियाटाले एनसेलको आफ्नो सम्पूर्ण शेयर बिक्री गरेपनि एनसेलको सेवा सुविधामा फरक नपर्ने जनाएको छ ।

एनसेलले मंगलबार एक सूचना जारी गर्दै शेयरधनी परिवर्तनबाट सेवा सुविधामा असर नपर्ने जनाएको हो ।

‘यस कम्पनिीको शेयरधनी परिवर्तनबारे विभिन्न जानकारीहरु प्राप्त गर्नु भएको होला । यसले हाल प्रदान गरिँदै आएको हाम्रा सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने व्यहोरा जानकारी गराउँदछौं’, एनसेलद्वारा जारी सूचनामा भनिएको छ ।

विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समपर्णका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको पनि कम्पनीले जनाएको छ ।

आफ्ना करिब एक करोडा ६० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि नेपाल र नेपालीको विकास र समृद्धिका लागि समर्पित हुने एनसेलले प्रतिवद्ध रहेको सूचनामा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर