ब्रेक लगाउँदा अटोमेटिक चार्ज हुने विद्युतीय गाडी सिट्रोन नेपाली बजारमा – Nepal Press

ब्रेक लगाउँदा अटोमेटिक चार्ज हुने विद्युतीय गाडी सिट्रोन नेपाली बजारमा

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले विद्युतीय गाडी ई-सी थ्री मिड रेन्ज नेपाली बजारमा ल्याएको छ ।

रिजेनेरेटिभ ब्रेकिङ रहेको विद्युतीय गाडी ई-सी थ्रीमा हरेक पटक ब्रेक लगाउँदा अटोमेटिक चार्ज हुन्छ । सिट्रोन ई-सी थ्रीमा २९.२ किलोवाट क्षमताको ब्याट्री, फुल्ली अटोमेटिक ड्राइभ फिचर, अटोमेटिक गियरबक्स, एबीएस, ईएसपी र मल्टिपल एयरब्याग, २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी उपलब्ध छ ।

कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआईडीसी साइकलअनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

त्यस्तै गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । ब्याट्रीमा ७ वर्ष अथवा १ लााख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । मोटरमा ५ वर्ष अथवा १ लाख किलोमिटरको वारेन्टीको व्यवस्था छ ।

सिट्रोन ई-सी थ्री खरिद गर्न २० प्रतिशतको डाउन पेमेन्टमा र बाँकी ८० प्रतिशत भुक्तानीको लागि ९.४९ प्रतिशत ब्याज दरमा ७ वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सिट्रोन ई-सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औं वर्ल्ड कार अवार्ड समारोहमा ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२३’ जित्न सफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर