भृकुटीमण्डपको व्यापार मेलामा करिब २५ हजारले गरे अवलोकन (तस्बिरहरू) – Nepal Press

भृकुटीमण्डपको व्यापार मेलामा करिब २५ हजारले गरे अवलोकन (तस्बिरहरू)

अपेक्षित सहभागिता नभएको आयोजकको भनाइ

काठमाडौं । भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको झण्डै २५ हजारले अवलोकन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मंसिर १४ देखि मेलाको आयोजना गरिएको थियो ।

मेलामा चीनबा ५५, भारतबा ३५, बंगलादेशबाट ७, पाकिस्तानबाट ५ र नेपाली ६० वटा स्टलमार्फत स्वदेशी तथा विदेशी कपडा, कृषिजन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी रहेको महासंघका सहायक निर्देशक तथा मेला व्यवस्थापक पुरुषोत्तम नेपालले बताए ।

नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट पनि स्टल राखिएको थियो ।

उचित व्यवस्थापन अभावमा पाकिस्तान र बगंलादेशबाट कम सहभागी भएको बताइएको छ । युक्रेन र रुसको युद्धको असर तथा नेपाली अर्थतन्त्रमा आएको शिथिलताले समय थाती राखेर मेला आयोजना गर्दा पनि अपेक्षित सहभागिता नभएको व्यवस्थापक नेपालको भनाइ छ ।

नेपालले भने, ‘हाम्रो अपेक्षाअनुसार भिजिटर आएनन् । आएक भिजिटरले पनि सोचे अनुसार सामान किनेनन् । मान्छेसँग पैसा नभएको र भएका मान्छेहरु पनि बचतमा केन्द्रीत भएको हो कि जस्तो लाग्छ । मेलमा गुणस्तरीय सामाग्री रहेको छ । चिनियाँहरू भने सामान बिक्री गर्नभन्दा पनि नेटवर्किङ राम्रो बनाउन आउने गरेका छन् । तर, मेलामा नेपाली स्टलमा भने नेपाली उत्पादन, हस्तकलाको सामग्री, अल्लोका सामान र नेपालमा नै एसेम्बल भएका प्रडक्टलाई प्राथमिकता दिएर राखेका छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर