यो देशको मेडिकल शिक्षा सिध्याउने तोसिमा कार्कीहरू हुन्, ललितपुरवासीले झुक्किएर भोट दिए : दुर्गा प्रसाईँ (भिडिओ) – Nepal Press

यो देशको मेडिकल शिक्षा सिध्याउने तोसिमा कार्कीहरू हुन्, ललितपुरवासीले झुक्किएर भोट दिए : दुर्गा प्रसाईँ (भिडिओ)

ललितपुर । व्यवस्था उल्ट्याउने घोषणा गर्दै आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ललितपुरमा पुगेर रास्वपा सांसद डा. तोसिमा कार्कीमाथि खनिएका छन् ।

शनिवार तोसिमाकै निर्वाचन क्षेत्र लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईँले यो देशको शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याउने मतियार तोसिमा नै भएको आरोप लगाए । उनले तोसिमाहरुकै कारण आज देशमा नर्सिङ पढाइ नै हुन छाडेको दाबी गरे ।

प्रसाईँले भने– यो डा. तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ । खोइ त मेडिकल उद्योग ? तपाईँहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो ।

प्रसाईँले पुस मसान्तमा धेरैले आत्महत्या गर्ने भन्दै अब देश मारवाडीको कब्जामा गइसकेको आरोप समेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर