राजनीतिक तरलताको अन्त्य, संविधान कार्यान्वयन र अर्थतन्त्र उकास्ने के छ कांग्रेसको योजना ? – Nepal Press

राजनीतिक तरलताको अन्त्य, संविधान कार्यान्वयन र अर्थतन्त्र उकास्ने के छ कांग्रेसको योजना ?

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकबाट अहिले राजनीतिमा देखिएको तरलता अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले महासमिति बैठक तोकिएको समयमै सम्पन्न गर्नुपर्नेमा एकमत रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘मुलुकको लागि अहिले देखिएको राजनीतिक तरलता पार्टीको तर्फबाट सबै विषयलाई जवाफ दिनेगरी प्रभावकारी बनाउनुपर्छ भन्ने आजको निष्कर्ष छ । यसका लागि तयारी हुँदै गरेको प्रस्तावहरुले समाजका राजनीतिक, सामाजिक र अन्य विषयहरुलाई समेट्नुपर्छ ।’

संविधान कार्यान्वयनका सम्बन्धमा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु केन्द्र आउनुपर्ने अवस्थाको अन्त्य गर्ने उनले बताए ।

उनले भने, ‘यो संविधान कार्यान्वयनमा हामी सरकारमा छौं, त्यसैले पार्टीको धारणा छुट्टै सार्वजनिक गर्नुभन्दा महासमितिको बैठकबाट त्यसलाई सम्बोधन गरिन्छ ।’

राजनीतिक अस्पष्टता र अर्थतन्त्र सुधारमा पनि कांग्रेस चिन्तित रहेको उनले बताए।

प्रमुख विश्वकर्माले भने, ‘अर्थतन्त्र सुधार्न पार्टीको केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री र अर्थविद्हरुलाई पनि राखेर थप छलफल गरेर पार्टी र सरकारको तर्फबाट सम्बोधन गर्नेर्छौं । महासमितिको बैठकमा पनि यही कुराहरुलाई समेटेर आर्थिक प्रतिवेदन तय गर्छौं । यसले आर्थिक अवस्थाको बारेमा जानकारी गराउँछ ।’

उनले कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा जारी भएको संविधानको पूर्ण कार्यान्वयनमा नगरी टिकाटिप्पणी गर्नु उपयुक्त नभएको बताए । अहिले संविधान कार्यान्वयनमा समस्या देखिएकाले व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ ।

प्रमुख विश्वकर्माले प्रदेशलाई अधिकार दिने, कानून निर्माणलगायतको सन्दर्भमा पनि महासमिति बैठकबाट ठोस धारणा आउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर