१० तस्बिरमा हेर्नुस् दुर्गा प्रसाईँको कार्यक्रमस्थल बल्खु आसपासको माहोल – Nepal Press

१० तस्बिरमा हेर्नुस् दुर्गा प्रसाईँको कार्यक्रमस्थल बल्खु आसपासको माहोल

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको प्रदर्शनस्थल बल्खु वरपर चहलपहल सुरू भएको छ । कार्यक्रमस्थलमा र त्यहाँ पुग्ने रुटमा बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा सवारी चाप छैन ।

विभिन्न जिल्लाबाट आएका प्रसाईँका समर्थकहरू कार्यक्रम स्थल जान पूर्वबाट साँगाबाट प्रवेश गरी कोटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट तय गरिएको छ । बल्खुमा फाट्टफुट्ट प्रदर्शनकारी भेलिन थालेका छन् ।

प्रहरी र सशस्त्रको टुकडी ठाउँठाउँमा परिचालित छन् । कलंकीमा चेकिङ बढाइएको छ । कालिमाटी, कलंकीलगायतका ठाउँमा प्रहरीले शंकास्पद लागेका व्यक्तिलाई सोधपुछ र चेकिङमा कडाइ गरेको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि खटिएका छन् ।

दुर्गा प्रसाईँले कार्यक्रमका प्रदर्शनमा ५ लाखलाई उतार्ने दाबी गरेका थिए । काठमाडौं आउनका लागि एकै व्यक्तिले १६ सय वटा बस बुकिङ गरिदिएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, सुरक्षा निकाय स्रोतका अनुसार बुधबार साँझसम्म करिब ४ हजारको संख्यामा प्रसाई समर्थक काठमाडौं भित्रिएका छन् । उनीहरुलाई विभिन्न पार्टी प्यालेस, बैक्वेट र होटलहरुमा राखिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख पोषराज पोखरेलले अतिरिक्त बसहरु नभित्रिएको बताए ।

प्रसाईको कार्यक्रमलाई काउन्टर दिँदै नेकपा एमालेनिकट युवा र विद्यार्थी संघले कार्यक्रम राखेकाले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *