भूकम्प प्रभावित क्षेत्रमा यसरी खटिइरहेको छ एमालेको स्वयंसेवक दस्ता (तस्बिर/भिडिओ) – Nepal Press

भूकम्प प्रभावित क्षेत्रमा यसरी खटिइरहेको छ एमालेको स्वयंसेवक दस्ता (तस्बिर/भिडिओ)

पश्चिम रुकुम । जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा कार्य सुरू भएको छ । एमालेले खटाएको ११०० स्वयंसेवकको टोलीले भग्नावशेष व्यवस्थापन र अस्थायी बनाउन थालेको हो ।

२५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम थालिएको स्वयंसेवक दस्ताका संयोजक एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।


अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । यो टोली १५ दिनसम्म यहाँ रहने छ । आवश्यकताअनुसार दिन बढ्न सक्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर