आत्मघाती गोल र रातो कार्डले जिब्राल्टरको खराब दिन, फ्रान्सले गर्‍यो १४ गोल – Nepal Press

आत्मघाती गोल र रातो कार्डले जिब्राल्टरको खराब दिन, फ्रान्सले गर्‍यो १४ गोल

काठमाडौं । युरो कप छनोटअन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोलले हरायो । फ्रान्सले दुवै हाफमा समान ७ गोल गरेको थियो ।

केलियन एमबाप्पेले ३, ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ तथा डेम्बेले, एड्रियन रेबियट, युसुफ फोफाना, जोनाथन क्लास, मार्कस थुराम र वारेन जायर एमरीले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता फ्रान्सले आत्मघाती गोलमार्फत लिएको थियो ।

तेस्रो मिनेटमा इथान सान्तोसबाट आत्मघाती गोल भएको थियो। सान्तोषले नै १८ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *