माओवादी नेता बर्तौलालाई खुकुरी हानेको आरोपमा तीनजना पक्राउ – Nepal Press

माओवादी नेता बर्तौलालाई खुकुरी हानेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका टेकबहादुर प्रधान तथा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने रहेका छन् । कात्तिक २२ गते साँझ बर्तौलामाथी नयाँ बानेश्वरस्थित आईप्लेक्स मल अगाडि खुकुरी प्रहार भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *