भैरहवाबाट १ कराेड बढीकाे अवैध माला बरामद, छुटाउन नेताको दबाब – Nepal Press

भैरहवाबाट १ कराेड बढीकाे अवैध माला बरामद, छुटाउन नेताको दबाब

रूपन्देही । सरकारले रोक लगाएको अवस्थामा पनि भारतबाट ल्याइएको ठूलो परिणामको फूलका माला भण्डारण गरिएको अवस्थामा भैरहवामा फेला परेको छ ।

दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवास्थित एक कोल्ड स्टोरमा ठूलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेपनि त्यसलाई छुटाउन राजनीतिक दवाव दिन थालिएका छन् । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी छ ।

भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी मूल्य पर्ने माला गतरातीदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्रहुदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।

कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला बैध हो वा अबैध भन्ने खुलाएको छैन । फूलका अबैध आयातकर्ताहरुले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइएपनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन ।

रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको बैधानिकताको जाँच भइरहेको बताए । ‘बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न ।’ उनले भने ।

मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर