देश अझै आर्थिक दबाबमा छः प्रधानमन्त्री – Nepal Press

देश अझै आर्थिक दबाबमा छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन् ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दबाब कायम रहेको उल्लेख गरे । उनले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताए ।

प्रधानमन्त्री दाहालले भने ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि हामी आर्थिक दबाबमा छाँै । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढीरहेको छ ।’

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे । उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर