उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा  – Nepal Press

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा 

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन् ।

भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत करिब एक हजार ६०० त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन् । उनले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसकेका छन् ।

उनी हाल भूकम्पप्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर