स्मार्ट र ब्लुटुथ कनेक्टिभिटीसहितको टीभीएस एनटर्क १२५ सीसी ड्रम सार्वजनिक – Nepal Press

स्मार्ट र ब्लुटुथ कनेक्टिभिटीसहितको टीभीएस एनटर्क १२५ सीसी ड्रम सार्वजनिक

काठमाडौं । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम सार्वजनिक गरेको छ ।

बिहीबार स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटीसहितको एनटर्क १२५ सीसी ड्रम महा एक्सचेन्ज महोत्सवमा सार्वजनिक गरिएको हो ।

टीभीएस एनटर्क ड्रममा ९.४ पीएस पावरसहितको १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कुटरको लोकेसन थाहा पाउन सजिलो बनाउने जगदम्बा मोटर्सले जनाएको छ । स्स्कुटरमा राइड पनि स्मुथ र सहज हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार स्कुटरले सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी, स्पोर्टी स्टबी मफलर, आरामदायी र सुरक्षित सवारी, स्थिरता र ग्रिप प्रदान गर्छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको टीभीएस महा एक्सचेन्ज महोत्सव यहीं शनिबारसम्म चल्नेछ । महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टीभीएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।

साथै महोत्सवमा शून्य प्रतिशत ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ । हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क पाइने महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ । बम्पर उपहारमा १० लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर