तिहारको किनमेलमा न्यूरोडमा झुमेका ग्राहक (१६ तस्बिर) – Nepal Press

तिहारको किनमेलमा न्यूरोडमा झुमेका ग्राहक (१६ तस्बिर)

काठमाडौं । भोलिदेखि यमपञ्चक शुरु हुँदैछ । तिहार संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा तिहारको किनमेल गर्न व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल बढेको छ । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचोले  बजारमा थामिनक्नु देखिन्छ ।

भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहार स्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्तासलवार लगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ । असनमा  तिहारका लागि किनमेल गर्न पुगेका ग्राहकहरु  गत वर्ष भन्दा यस वर्ष सामानहरुको मूल्य आकासिएको  गुनासो गरेका छन् ।

व्यापारीहरुले पसलैपिच्छे  भाउ फरक फरक राखेका छन् । सरकारी निकायको अनुगमन नहुँदाव्यापारीहरुले मनलाग्दी  मूल्य लिएको   ग्राहकहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर