२७ देशका बैंकका सीइओसँग गभर्नरले भने- नेपाली बैंकले राष्ट्र बैंकलाई सहयोग गरिरहेको छ – Nepal Press

२७ देशका बैंकका सीइओसँग गभर्नरले भने- नेपाली बैंकले राष्ट्र बैंकलाई सहयोग गरिरहेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभनर्र महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले राष्ट्र बैंकलाई सपोर्ट गरेको बताएका छन् ।

बिहिबार एशियन बैकर्स संघ (एबीए) को ३९औं कन्फ्रेसमा बोल्दै राष्ट्र बैंकका गभनर्र महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले राष्ट्र बैंकलाई सपोर्ट गरेको बताएका छन् ।

सो कन्फ्रेन्समा २७ देशका बैंकका सीइओहरुको उपस्थिति थियो । कन्फ्रेन्स आज र भोलि चल्ने छ । यसरी विदेशी बैंक सीइओहरु बोलाएर नेपालमा पहिलो पटक कार्यक्रम भएको नेपाल बैंकर्स संघले बताएको छ ।

गभरनर्र अधिकारीले भने, ‘एशियाली बैंकर्स संघको कनफ्रेस देशको विकासका लगि प्रोत्साहनमूलक कुरा हो । नेपाली बैकिङ क्षेत्रले राष्ट्र बैकले बनाएका नीतिहरुलाई आत्मसाथ गर्दै चलिरहेका छन् । जुन राष्ट्र बैंकको लागि सपोटिभ रहेको छ । तीन वर्षमा हाम्रो ग्रोथ राम्रो अवस्थामा छ । रेमिटेन्समा निरभर रहेको सबैलाई थाहा छ । हामीले हाल कृषि, आईटी र पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्नपर्ने छ । हाम्रो पोटेन्सियल धेरै रहेको छ । भने, हाम्रो व्यवसायको वातावरण राम्रो बनाउन जरूरी छ । देशमा किल्न इनर्जिमा लगानी उत्साहजनक छ । नेपाल सरकारले पनि यस्ता क्षेत्रहरूमा लगानी गर्न अनुरोध गरेको छ । जसले भविष्यमा राम्रो ग्रोथ गर्दै र प्रतिफल दिनेछ ।’

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नयाँ ईनोभेसनले फड्को मारिरहेको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।
अध्यक्ष हमालले भने, ‘देशमा नयाँ ईनोभेसनले पनि बढावा पाइरहेको छ । धेरै कुराहरू सकारात्मक रूपमा आइरहेका छन् । हाम्रो देशको अर्थतन्त्र कोभिडको चपेटामा पर्यो तरपनि, अर्थतन्त्र चलिरहेको छ ।’

‘अहिले पुँजीबजार क्षेत्रमा लगानी बढ्दै गइरहेको छ । अर्थतन्त्रको आकार पनि बढेकै छ, अध्यक्ष हमालले भने, ‘बैंकहरुकाके खराब कर्जा बढेको छ । यो स्वभाविक हो । देश ठूलो महामारीबाट भरखरै बाहिर निस्कन खोजिरहेको छ । केही वर्षमा हामी यसबाट बाहिरिने छौं । त्यसकारण सकारात्मक हुनुपर्छ । देशका ठूला पिरयोजनाका लागि लगानी जुटाउन बाहिय रकम आवश्यक्ता रहेको छ । यो हाम्रो लागि ठूलो मौका हो । हामीले आफ्ना केही लक्ष्यहरू मात्रै पूरा गर्न सक्यांै भनेपनि ठूलो लगानी जुटाउन सक्छाैं । जसले देशको विकासमा सहयोग गर्नेछ ।’

त्यस्तै, कनफ्रेसमा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले हाल नेपालमा लगानी गर्ने सहि समय भएकोले सम्पूर्ण एसीयाली बैंकर्स संघका प्रतिनिधिहरुलाई आग्रह गरे ।

अध्यक्ष केसीले भने, ‘हाल नेपालमा लागानी गर्ने उपयुक्ता सममय हो । यसका लागि सबै प्रतिनिधिहरुलाई अनुरोध गर्दछु । नेपालले केही वर्षमै धेरै क्षेत्रमा फड्को मारेको छ । चाहे त्यो बैकिङ क्षेत्रमा होस्, जलविद्युत क्षेत्रमा होस् वा पर्यटन क्षोत्र होस् । देशले २० वर्ष पहिले हरेक क्षेत्रलाई कसरी म्यानज गर्दै आइरहेको थियो र अहिले हामी धरै नै अगाडी बढीसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर