११ अंकले घट्यो नेप्से – Nepal Press

११ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबारका दिन दोहोरो अंकले घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ ।

अघिल्लो तीन दिन (सोमबार, मंगलबार र बिहीबार) बढेको शेयर बजार आज ११.८५ अंकले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको हो । यस दिन बजारमा २८ लाख ३३ हजार ७३१ कित्ता सेयरको खरिद बिक्री हुँदा ८३ करोड ६० लाख ५ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै ५ अंकले वृद्धि भएको बजारमा ७८ करोड २७ लाख ४३ हजार २६३ रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, मंगलबार मात्रै ११.२२ अंकले घटेको बजारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो भने, सोमबार ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको र आइतबार ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँको कारोबार भएको थियो ।

आज सयपत्री हाइड्रोपावर लिमिटेड, सनराइज ब्लूचिप फण्ड र ओरिन्टीयल होटेल्स लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने माउन्टेन एन्र्जी नेपाल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड र मायाखोला हाइड्रोपावर कम्प्नी लिमिटेडले सर्वाधिक नोक्सान ब्येहोरेका छन् ।

बिहिबार उपसमूहतर्फका १३ वटै समूहको सेयरमुल्य घटेर रातम्मे भएको छ । भने, आज २८ खर्ब ५३ अर्ब रुपैयाँ बजार पुँजिकरण रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर